Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमाले प्यूठानबाट सूर्य थापाको एकल नाम सिफारिस

    एमाले प्यूठानबाट सूर्य थापाको एकल नाम सिफारिस

    अनलाइन नेपाल
  • सोमबार, २० भाद्र २०७९
  • 555
    SHARES

    फाइल फोटो

    रुपन्देही । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम् प्यूठान जिल्ला इन्चार्ज सूर्य थापा प्यूठानबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा एकल उम्मेदवार सिफारिस भएका छन् ।

    सोमवार पार्टी बसेको जिल्ला कमिटीको बैठकले थापालाई उम्मेदवार बनाउनका लागि एकल नाम सिफारिस गरेको जिल्ला कमिटी अध्यक्ष विजयविराज विष्टले जानकारी दिए ।



    प्रतिनिधिसभा सदस्यका लागि प्यूठान एउटा मात्र निर्वाचन क्षेत्र हो । उम्मेदवारको टुंगो लागेपछि थापा पहिलो पटक प्यूठानबाट निर्वाचन लड्ने छन् ।



    थापाले पूर्वप्रधानमन्त्री झलनाथ खनाल र केपी शर्मा ओलीको प्रेस सल्लाहकार भएर काम गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार