Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रवि लामिछानेलाई सहयोग गर्दा इन्सपेक्टर तामाङ कारबाहीमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका कारण प्रहरी वृत्त दरबारमार्गका प्रहरी निरीक्षक बिशाल तामाङ कारबाहीमा परेका छन् ।

पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका सुरक्षा गार्ड शेरजंग गुरुङलाई भेटेर फोटो खिच्न दिएपछि इन्सपेक्टर तामाङलाई हटाइएको हो ।

हिरासतमा भएका व्यक्तिसँग फोटो खिच्न पाइदैन । तर, इन्सपेक्टर तामाङले लामिछानेसँग भेटाएर भिडियो तथा फोटो खिच्न दिएका थिए । उनलाई वृत्तबाट हटाएर छानबिन थालिएको छ । यसबारे एसपी दिनेशराज मैनालीको नेतृत्वमा छानबिन समिति बनेको छ ।

सुरक्षा गार्ड गुरुङलाई रिहा गर्न गृह मन्त्री र पर्यटनमन्त्रीले प्रहरी तथा काठमाडौंका सिडिओलाई निर्देशन दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077