Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

आजदेखि कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा आयोगले लगायो रोक

काठमाडौं । सरकारले सोमवारदेखि कर्मचारीहरूको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ ।

निर्वाचन आयोगले गत भदौ २ गते दिएको निर्देशनअनुसार सरकारले सोमवारबाट कर्मचारीको सरुवा, बढुवा, नियुक्तिलगायतका कुनै पनि काम गर्न नपाउने भएको हो ।

आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि सो काम नगर्न आजभन्दा १८ दिन अघि नै आयोगले निर्देशन दिएको आयोगले जनाएको छ।

कुनै पनि ठाउँमा स्वीकृत दरबन्दी रिक्त रहेमा त्यसलाई पूर्ति गर्न सरकारले १८ दिनको समय दिएको पनि स्पष्ट पारेको छ ।

निर्वाचन आयोगले यस अघि नै निर्वाचन प्रयोजनका लागि कर्मचारी व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै जिल्लाहरुमा कर्मचारी व्यवस्थापन कमिटी बनाएको छ ।

निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा भएदेखि नै सरकारलाई आचारसंहिता लाग्ने पनि स्पष्ट पारेको छ । आगामी मङ्सिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077