Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्माणाधीन भवन भत्किँदा नाइजेरियामा पाँच जनाको मृत्यु

एजेन्सी । नाइजेरियाको व्यावसायिक क्षेत्र लागोसमा एउटा निर्माणाधीन भवन ढल्दा पाँचजनाको मृत्यु भएको छ ।

लागोस राज्यको राष्ट्रिय आपत्कालीन व्यवस्थापन निकायका कार्यालय संयोजक इब्राहिम फरिनलोएले आफूहरूले जटिल परिस्थितिमा काम गरिरहेको जानकारी दिएका छन् ।

भग्नावशेषमा अझै पनि मानिसहरू पुरिएको हुनुपर्ने विश्वासमा उद्धार कार्यलाई जारी राखिएको छ । दुर्घटनाको समय त्यस भवनमा कतिजना मानिस थिए भन्ने यकिन हुन सकेको छैन ।

इब्राहिमले केही प्रत्यक्षदर्शीले ३० जना भन्दा बढी व्यक्तिले ज्यान जोगाउन भवनबाट हामफालेको देखेको दाबी गरेको तथा अहिलेसम्म कसैको जीवित उद्धार हुन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077