Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसिया कप क्रिकेट भारत र श्रीलंका भिड्दै

एजेन्सी । एसिया कप क्रिकेट अन्तर्गत सुपर चारको आफ्नो दोस्रो खेलमा साविकको विजेता भारतले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भारत र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।

आजको खेलमा भारत सुपर चारमा पहिलो जित निकाल्ने योजनामा छ । यसअघि भारत सुपर चारको पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ।

यता श्रीलंका भने लगातार दोस्रो जित निकाल्ने योजनामा छ । सुपर चारको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई ४ विकेटले हराएको थियो ।

आजको खेलमा जित निकाल्न नसके भारत प्रतियोगिताबाट बाहिरिने सम्भावना बढ्ने छ । सुपर चारमा सबै टोलीले एकअर्काविरुद्ध खेल्नेछन् । शीर्ष स्थानको दुई टोली फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077