Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसी हमला बिफल पार्न ट्रसले सहयोग गर्नेमा विश्वस्त छु : जेलेन्स्की

एजेन्सी। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलायतमा कन्जर्भेटिभकी नयाँ नेतृ लिज ट्रसले युक्रेनमाथिको जारी रुसी हमलालाई बिफल पार्न किभलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

हप्तौसम्म विभिन्न चरणको निर्वाचनपछि ट्रस सोमबार कन्जर्भेटिभ नेतृमा विजयी भएकी थिइन् । उनी आज बेलायतको प्रधानमन्त्री हुँदैछिन् ।

जेलेन्स्कीले भने, ‘ हामी सँगसँगै हाम्रा नागरिकको रक्षा गर्न र सबै रुसी विनाशकारी प्रयासलाई विफल पार्न सक्षम हुनेछौं।’

जेलेन्स्कीले आफ्नो दैनिक सम्बोधनमा आफू ट्रससँग सहयोगको सुरुवातको लागि तत्पर रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077