Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कैलालीका तत्कालीन प्रधानाध्यापक सहित ३ जनालाई ६ महिना कैद

धनगढी । विशेष अदालतले कैलालीको बेहडाबाबा माविका तत्कालीन प्रधानाध्यापक गोविन्दराज ओझासहित दुईजनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

विशेषले सोमबार ओझासहित सोही विद्यालयका व्यवस्थापन समिति अध्यक्ष दरवारी राना र लेखापाल गोपाल सेटीलाई पनि कैद तथा बिगो असुल गर्ने गरी दोषी ठहर गरेको हो।

विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय रमेशकुमार पोखरेल र बलभद्र बाँस्तोलाको इजलासले यस मुद्दामा फैसला सुनाएको हो। उनीहरूलाई प्रतिव्यक्ति ३ ‍लाख २५ हजार ९ सय ९२ रुपैयाँ बिगो भराउने फैसला भएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने २९ वैशाख २०७६ मा साढे दुई वर्षदेखि ४ वर्षसम्म कैदको माग गर्दै उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो। तत्कालीन प्रधानाध्यापक ओझाले विभिन्न मितिमा रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोप अख्तियारको थियो।

मध्य जेठ २०७० देखि उक्त विद्यालयमा गैरहाजिर रहेका शिक्षकको जानकारी सम्बन्धित निकायमा नगराई उल्टै गैरहाजिर शिक्षकको नाममा समेत माग फारम भरी २०७३ वैशाखसम्मको तलबभत्ता भुक्तानी लिएको आरोप-पत्रमा उल्लेख छ।

यसैगरी, विद्यालयका सामान खरिद तथा विद्यालयले तोकेको शीर्षकमा रकम खर्च नगरी झुठा बिल भर्पाई बनाई रकम निकासा गरेकोमा समेत प्रधानाध्यापक ओझा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष राना र लेखापाल सेटी दोषी देखिएको अख्तियारको निष्कर्ष थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077