Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ढुंगा सहितको पहिरो झरेपछि बुटवल-पाल्पा सडकखण्ड अवरूद्ध

काठमाडौं । ढुंगा सहितको पहिरो झरेपछि बुटवल-पाल्पा सडकखण्ड अवरूद्ध भएको छ।

मंगलबार बिहान ८ बजेदेखि नै बुटवल र पाल्पाको सीमा क्षेत्र तल्लो सिद्धबाबा नजिक ढुंगा सहितको पहिरो झरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका वडा नम्बर ३ तल्लो सिद्धबाबानजिक पहिरो झरेपछि सडक अवरूद्ध भएको हो।

अहिले डिभिजन सडक कार्यालय पाल्पाले पहिरो हटाएर सडकको आवतजावत गराउन पहल गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077