Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रचण्ड र बाबुरामलाई गोकुलको व्यंग्य - धम्काउने कला त मान्नै पर्छ

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईप्रति कटाक्ष गरेका छन्।

‘कांग्रेसीकाे भिख’मा चुनाव जितेर प्रधानमन्त्री र सांसद बन्ने सपना देखेको भन्दै व्यंग्य गरेका हुन्।

उनले कटाक्ष गर्दै भनेका छन्, ‘बन्नु-छ कांग्रेसी भिखमा प्रम र सांसद। गफ चै यस्ता। धमक्याउने कला त मान्नै पर्छ।’

उनले प्रचण्डको चुनावपछि व्यवस्था परिर्वतन गर्न सडकमा जाने अभिव्यक्तिलाई व्यंग्य गरेका छन्।

माओवादीले युद्धकालमा शालिकहरु भत्काएकोप्रति असन्तुष्टि पोखेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077