Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • दशरथ रङ्गशालामा साङ्गीतिक महोत्सव ‘दसैँ फेस्ट’ आयोजना हुँदै

    दशरथ रङ्गशालामा साङ्गीतिक महोत्सव ‘दसैँ फेस्ट’ आयोजना हुँदै

    अनलाइन नेपाल
  • मंगलबार, २१ भाद्र २०७९
  • 708
    SHARES

    काठमाडौँ । बडा दसैँको शुभ उपलक्ष्यमा काठमाण्डौंको दशरथ रङ्गशालामा साङ्गीतिक महोत्सवको आयोजना हुन भएको छ ।

    विगत २० वर्ष देखी काठमाण्डौं लगायत नेपालका प्राय सबै सहरहरूमा विभिन्न कन्सर्ट, सडक महोत्सव लगायत विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको पार्टी नेपाल, आर्बीट्ररी ग्रुप, केटीएम लाइभ तथा अपट्रेण्डली मिडियाले संयुक्त रूपमा यो साङ्गीतिक महोत्सवको आयोजना गर्न लागेका हुन् ।



    यही आउँदो असोज १५ गते शनिवारका दिन हुने महोत्सवमा दी एज ब्यान्ड, नितेश जङ्ग कुँवर, वर्तिका एम राई, लाउरे, स्वप्न सुमन, भेक, यावेश, त्रिशाला गुरुङ, शुवानी मोक्तान, दी इलेमेन्टस ब्यान्ड लगायतका नेपाली कलाकारहरूको प्रस्तुति रहनेछ ।



    २० हजार भन्दा बढी दर्शकको अपेक्षा गरिएको यो साङ्गीतिक महोत्सव, यस दशककै भव्य हुने लक्ष राखिएको छ ।

    महोत्सवले बर्षौदेखी थलिएको इभेन्ट म्यानेजमेन्ट व्यवसायलाई हौसला बढाउने साथै नेपाली कला तथा संस्कृतिलाई युवा पुस्तासँग जोड्न सघाउ पुर्‍याउने लक्ष्य राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार