धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालबीच भेटवार्ता भएको छ ।
मंगलबार धनगढी पुगेका प्रचण्डसँग प्रमुख हमालले भेट गरेका हुन् ।
भेटघाटपछि प्रमुख हमालले आफ्नो लेखेका छन्-'पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूलाई धनगढी उपमहानगरमा स्वागत गर्दै भेटघाट गरियो।'
पार्टीको सुदूरपश्चिम प्रदेश प्रशिक्षणका लागि प्रचण्ड मंगलबार धनगढी पुगेका हुन् ।