Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीलाई फिल्म खेलाउने तयारीमा रातामकै

काठमाडौं । कलाकार किरण केसी 'रातामकै'ले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फिल्म खेल्न प्रस्ताव गर्ने भएका छन् ।

आफ्नो आगामी फिल्ममा ओलीलाई पनि सानो भूमिका दिने इच्छा रहेको उनले बताएका हुन्। छायांकनका लागि ओलीको दुई दिन मात्रै माग्ने र १० लाख पारिश्रमिक दिने केसीले बताए ।

उनका अनुसार यतिवेला फिल्मको पटकथामा काम भइरहेको छ। पटकथाको काम सकिएपछि ओलीलाई औपचारिक रूपमा प्रस्ताव गर्ने तयारीमा रहेको उनले जनाएका छन्।

ओलीले हार्मोनियम, गितार बजाउने कलादेखि कलाकारमा हुने सम्पूर्ण गुण भएको र आफ्नो फिल्मको एउटा पात्र ओलीका लागि ठिक हुने उनले बताएका छन्। ओलीले आफ्नो प्रस्ताव स्वीकार गर्ने सम्भावना कम रहे पनि मनाउने प्रयास गर्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077