Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

उम्मेदवारको नाम सिफारिससँगै आवश्यक विवरण पठाउन एमालेको आग्रह

काठमाडौं । नेकपा एमालेले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिससँगै आवश्यक विवरण पठाउन आग्रह गरेको छ ।

एमालेको केन्द्रीय कमिटीको चौथो बैठकले २२ भदौसम्म उम्मेदवारहरूको नाम सिफारिस गरी पठाउनुपर्ने निर्णय गरेको थियो ।

सोहीअनुसार प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको नाम सिफारिस गर्ने काम धमाधम भइरहेको उसले जनाएको छ ।

उम्मेदवारका रूपमा नाम सिफारिश भएका व्यक्तिहरूको नाम पार्टी केन्द्रीय कार्यालयमा पठाउँदा निर्वाचन आयोगको अनुसूचि १४ र १७ बमोजिमको मञ्जुरीनामामा हस्ताक्षर गर्नुपर्ने भएकाले सम्बन्धित कमिटीले उक्त अनुसूचिका साथै देहाय बमोजिमको विवरण अनिवार्यरूपमा संलग्न गरी पठाउन एमाले केन्द्रीय कार्यालयले अनुरोध गरेको छ ।

पठाउनुपर्ने कागजातहरू
१. नेपाली नागरिकताको प्रमाणपत्र
२. सम्पत्ति विवरण फाराम (सिलबन्दी गरी पेश गर्नुहुन)
३. मतदाता नामावलीमा नाम भएको विवरणः
मतदाता क्रम संख्याः
वडा नंः
गाउँँ नगरपालिकाः
प्रदेशः
जिल्लाः

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077