Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

संसद्को कार्यकाल बढाउने विधेयक फिर्ता हुनुपर्छ : सांसद तामाङ

काठमाडौं । नेकपा एमालेका सांसद शेरबहादुर तामाङले संसद्को कार्यकालसम्बन्धी विधेयकप्रति गम्भीर विमति जनाउँदै त्यो आफूहरूलाई स्वीकार्य नहुने बताएका छन् ।

कानुन मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले प्रस्तुत गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफलमा संशोधन प्रस्ताव पेस गर्दै तामाङले संसद्को कार्यकालसम्बन्धी विधेयक तत्काल फिर्ता गर्न माग गरेका हुन् ।

‘सरकारले यो विधेयक फिर्ता लिओस् भन्ने हामी चाहन्छौँ । कानुनमन्त्रीले आज फिर्ता लिए भन्नुभएन भने त्यसपछाडिको परिस्थिति उहाँले व्यहोर्नुपर्छ,’ चेतावनी दिँदै तामाङले भने, ‘हामी जिम्मेवार प्रतिपक्ष मात्र होइनौँ संसद्को जिम्मेवार टाइगर पनि हौँ । यसरी लोकतन्त्रको इकोसिस्टम बिगार्दै हिँड्ने हो भने हामी यहाँबाट निस्कने अवस्था आउन सक्छ । यस्ता विषयलाई ख्याल ख्यालको विषय नबनाऔँ ।’

प्रतिनिधिसभामा केही नेपाल ऐन संशोधनमार्फत दर्ता गराएर सरकारले संसद्को आयु फागुनसम्म लैजाने प्रयास गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077