Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सेयर बजारमा २१ अंकको गिरावट, कारोबार रकम बढ्यो

काठमाण्डौ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २१.२२ अंकको गिरावट आएको छ ।

आज  कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से अन्तिम समयसम्ममा घट्दै २१ अंक खुम्चिएर बन्द भएको हो । यससँगै, नेप्से परिसूचक १९ सय ५१ अंकमा आएर रोकिएको छ ।

यस्तै, आज सेन्सेटिभ समूहमा ३.८९ अंकको गिरावट आउँदै ३७९.०५ अंकमा आइपुगेको छ । यो १.०२ प्रतिशतको गिरावट हो । यसक्रममा आज नेप्सेमा १ अर्ब १९ करोड ७ लाख रुपैयाँ बराबरको ३२ लाख ९ हजार कित्ता सेयर किनबेच भएको छ ।

हिजो सोमबार नेप्सेमा ४.२९ अंकको गिरावट आएको थियो । यसक्रममा नेप्सेमा ९० करोड ९९ लाख रुपैयाँको कारोबार भएको थियो । जुन, आजको कारोबार रकमभन्दा २० करोडभन्दा कम हो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077