Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

‘प्रेमगीत ३’ को शीर्ष गीत ‘हर युग होस् प्रेमको’ सार्वजनिक

काठमाडौं । गायक सुगम पोखरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको चलचित्र ‘प्रेमगीत ३’को शीर्ष गीत ‘हर युग होस् प्रेमको’ सार्वजनिक भएको छ ।

नायक प्रदीप खड्का र नायिका कृष्टिना गुरुङ फिचर्ड भएको उक्त गीतमा राजेशकुमार श्रेष्ठको शब्द रहेको छ भने एलिस कार्कीले संगीत दिएका छन् ।

असोज ७ गतेबाट नेपाल र हिन्दी भाषासहित भारतमा एकसाथ रिलिजको तयारीमा रहेको यो चलचित्रका गीतहरूले पछिल्लो समय दर्शकहरूको राम्रो साथ पाइरहेको छ ।

हिन्दीमा डब भएको ‘कोइ ना काई नाता हे मेरा तुज्से’ बोलको गीत अहिले पनि जी म्युजिक कम्पनीमा ट्रेन्डिङ नम्बर दुईमा छ । चलचित्रलाई स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका हुन् ।

पहिलोपटक नेपाली फिल्म हिन्दी संस्करणमा प्रदर्शन हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077