Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एक वर्षमा राजस्व अनुसन्धानद्वारा ३४७ वटा मुद्दा दायर

    एक वर्षमा राजस्व अनुसन्धानद्वारा ३४७ वटा मुद्दा दायर

    अनलाइन नेपाल
  • मंगलबार, २१ भाद्र २०७९
  • 750
    SHARES

    काठमाडौं । राजस्व अनुसन्धान विभागले गत आर्थिक वर्षमा ३४७ प्रतिवादी विरुद्ध मुद्दा दायर गरेको छ ।

    विभागले राजस्व चुहावट र विदेशी विनियम अपचलन गरेको पाइएका व्यक्ति तथा संस्थाहरू विरुद्ध सो संख्यामा मुद्दा दायर गर्दै १० अर्ब ५५ करोड रुपैयाँ बराबरको बिगो दाबी गरेको छ ।



    राजस्व अनुसन्धान विभाग तथा विभाग अन्तर्गतका कार्यालयहरूले गरेको अनुसन्धानबाट गैरकानुनी काम गरेको पाइएपछि विभिन्न व्यक्ति तथा फर्म विरुद्ध मुद्दा दायर गरिएको विभागले जनाएको छ ।



    राजस्व चुहावट गर्ने २४८ तथा विदेशी विनिमय अपचलन गर्ने ९९ व्यक्ति तथा फर्म विरुद्ध मुद्दा दायर गरिएको छ । विभागका अनुसार विभागले ५१ वटा मुद्दा दर्ता गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार