Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • राजस्वका डीजी र पथलैयाका हाकिमको सेटिङः २७ करोड राजस्व छली गर्ने सर्राफ दाजुभाइलाई उन्मुक्ति

    राजस्वका डीजी र पथलैयाका हाकिमको सेटिङः २७ करोड राजस्व छली गर्ने सर्राफ दाजुभाइलाई उन्मुक्ति

    अनलाइन नेपाल
  • बुधबार, १२ बैशाख २०८१
  • 1.5K
    SHARES

    काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले अमेरिकी लगानीको आईटी कम्पनी कोटीभीटी नेपाल प्रालिविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेपछि उनको पद संकटमा परेको छ ।

    अर्थमन्त्री वर्षमान पुनको हालै भएको अमेरिका भ्रमणमा कोटीभीटीको प्रसंग उठेको थियो । कोटीभीटीविरुद्ध मुद्दा दायर भएपछि अमेरिकी अधिकारीहरूले असन्तुष्टि जाहेर गरेपछि ढुंगानालाई लगानी सम्मेलनअघि नै राजस्व अनुसन्धान विभागबाट हटाउने तयारीमा सरकार छ ।



    यद्यपि माओवादी केन्द्रनिकट सहसचिव भएकाले उनलाई असारसम्म राखेर चक्रबहादुर बुढालाई महानिर्देशक बनाउने बारेमा पनि छलफल भइरहेको स्रोतको दाबी छ ।



    राजस्व अनुसन्धान विभागका महानिर्देशक ढुंगानाले पद सम्हालेपछि नै कमाउधन्दालाई बढावा दिंदैआएका छन् । सेन्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङले ३ अर्ब रुपैयाँ भारतमा हुन्डी कारोबार गरेको प्रष्ट देखिँदा देखिँदै पनि विभागका महानिर्देशक ढुंगानाले उन्मुक्ति दिएका छन् ।

    स्रोतका अनुसार सेन्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङका सञ्चालक राजेन्द्र अग्रवाललाई ठूलो आर्थिक चलखेलमा उन्मुक्ति दिइएको छ । यसैबीच, राजस्व अनुसन्धान कार्यालय पथलैयाले केही महिनाअघि वीरगन्ज महानगरपालिका–६, माइस्थानमा रहेका २ सुन पसलमा छापा मारेको थियो ।

    विभागको पथलैयाबाट खटिएको टोलीले आरके एण्ड सन्स र मा दुर्गे ज्वेलर्समा २०८० पुस १७ गते छापा मारी खातापाता र कागजात सबै नियन्त्रणमा लिएको थियो । ती दुवै सुन पसलको खातापाताको विवरण केलाउँदा २७ करोड रुपैयाँ राजस्व चुहावट गरेको भेटिएको थियो ।

    सुन पसलका सञ्चालकलाई राजस्व तिराउनेभन्दा विभागका महानिर्देशक ढुंगानाले सेटिङ गरी एकाध करोड चुहावट भएको देखाएर उन्मुक्ति दिइएको छ । आर के एण्ड सन्सका सञ्चालक सन्दीप सर्राफ र मा दुर्ग ज्वेलर्सका प्रदीप सर्राफले सुन कारोबारमा २७ करोड रुपैयाँ राजस्व अपचलन गरेको देखिएकोमा २ करोड जतिको मात्र राजस्व छली गरेको देखाएर उन्मुक्ति दिइएको छ ।

    २७ करोड राजस्व चुहावट भएको विषयमा मुद्दामा जाँदा बिगो बराबर दोब्बरसम्म जरिवाना लाग्ने भएकाले सर्राफ दाजुभाइले ७० लाखमा सेटल गरेको चर्चा छ । पथलैया राजस्वका प्रमुख प्रेम देवकोटा र महानिर्देशक ढुंगानाले सेटिङमा प्राप्त घुस ७०–३० प्रतिशतले भागबण्डा गरी सर्राफ दाजुभाइलाई उन्मुक्ति दिएको आरोप छ ।

    राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख प्रेम देवकोटाले आरके एण्ड सन्स र मा दुर्गे ज्वेलर्समा छापा मारेको स्वीकार गरे । २७ करोड राजस्व अपचलन गरेको बारेमा उनले २–३ करोड रुपैयाँ मात्रै भएको दाबी गरे । उनले अनलाइन नेपालसँग भने –‘सर्राफको सुन पसलको कारबाही प्रक्रिया अन्तिम चरणमा छ, टुंगिसकेको छैन ।’

    प्रदीप सर्राफ र सन्दीप सर्राफले हङकङ र चीनबाट सुन तस्करी गरी नेपालको बाटो हुँदै भारतमा लाने ट्रान्जिटको रूपमा वीरगन्जलाई प्रयोग गर्दै आएका छन् ।

    यी दुई प्रतिनिधि घटना मात्र हुन्, राजस्व अनुसन्धान विभागका महानिर्देशक ढुंगानाले राजनीतिक तरलताको लाभ उठाउँदै कमाउधन्दालाई तीव्रता दिएका छन् ।

    ठूला उद्योगी व्यवसायीदेखि व्यापारिक प्रतिष्ठानमा छापा हान्ने, खातापाता ल्याउने र मोलतोल मिलेपछि रेकर्डमै नराखी गुपचुप रूपमा फिर्ता गर्ने गरिएको छ । राजस्व अनुसन्धानको क्षेत्राधिकारमै नपरेका विषयमा पनि डीजी ढुंगानाको ध्यान जान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार