Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • १ खर्ब १५ अर्ब राजस्व छलीको प्रारम्भिक अनुमान

    १ खर्ब १५ अर्ब राजस्व छलीको प्रारम्भिक अनुमान

    अनलाइन नेपाल
  • बिहिबार, २२ चैत्र २०८०
  • 384
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राजस्व अनुसन्धान विभागले अर्बौं राजस्व छली गर्ने अमेरिकी सफ्टवेयर कम्पनी कोटिभिटीविरुद्ध मुद्दा दायर गरेसँगै अन्य राजस्व छली गर्ने थप ५ सय ६५ वटा विभिन्न सफ्टवेयर कम्पनीमाथि छानबिन थालेको छ।

    कोटिभिटी छानबिनका क्रममा सफ्टवेयरको काम गर्ने अन्य कम्पनीहरूले पनि मिलेमतोमा राजस्व छली गरेको पाइएपछि विभागले ती कम्पनीमाथि छानबिन थालेको हो।



    विभाग स्रोतका अनुसार कर कर्मचारीसँग मिलेमतो गरी ती कम्पनीहरूले २०६२ सालयता झण्डै १ खर्ब १५ अर्ब रुपियाँ राजस्व छली गरेको पाइएको छ।



    त्यति धेरै राजस्व छली गरेको पाइएपछि विभागले यस विषयलाई पनि उच्च प्राथमिकतामा राखेर छानबिन अघि बढाएको बताएको छ।

    यी कम्पनीहरूले पनि कोटिभीटीले जसरी नै विभिन्न प्रपञ्च अपनाएर राजस्व छली गरेको पाइएको विभाग स्रोतले जनाएको छ।

    राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले कर छली गर्ने अन्य सफ्टवेयर कम्पनीमाथि समेत छानबिन थालिएको जानकारी दिँदै कर तिराउनुपर्ने निकायले प्रभावकारी काम र अनुगमन गर्न नसक्दा राजस्व छली हुने क्रम बढेको बताए । नेपाल समाचारपत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार