Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • राजस्व र भन्सारमा सेटिङ नै सेटिङ, कमाउधन्दामा दुबै विभागका डीजी

    राजस्व र भन्सारमा सेटिङ नै सेटिङ, कमाउधन्दामा दुबै विभागका डीजी

    अनलाइन नेपाल
  • बुधबार, २ फाल्गुन २०८०
  • 810
    SHARES

    काठमाडौं । राजस्व अनुसन्धान विभाग र भन्सार विभागका महानिर्देशक कमाउधन्दामा लिप्त छन् । देशको राजस्व संकलनको अवस्था नाजुक भइरहेको समयमा विभागका महानिर्देशकहरू भने कमाउधन्दामा लिप्त भएका हुन् ।

    भन्सार, आन्तरिक राजस्व र राजस्व अनुसन्धान बिभाग राजस्व असुली गर्ने मुख्य निकाय हुन् । तर पछिल्लो समयमा तीनवटै विभागमा राजस्व सम्बन्धी जानकार नभएका, बदनाम र अनुभवहीनलाई नेतृत्वमा पुर्याएपछि राजस्व संकलनको अवस्था झन्–झन् नाजुक हुँदै गएको छ ।



    भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेल ६ महिनादेखि कार्यरत छन् । सचिव बढुवा हुने लाइनमा रहेका पौडेलले भन्सार सुधारका लागि माखोसमेत मार्न सकेका छैनन् । नेतृत्वको बदनामी र अनुभवहीनताको लाभ उठाउँदै मातहतका मातहतका कार्यालय प्रमुखहरु कमाउधन्दामा लागेका छन् ।



    अघिल्लो पटक एउटा मूल्यांकनमा छाडिएका सामानलाई अर्को पटक मनपरी बढाउने, मोलतोल मिले पुरानै दरमा मूल्यांकन गर्ने, चोरी तस्करीलाई बढावा दिने कार्य भइरहँदा पनि महानिर्देशक पौडेल रमिते छन् । उपत्यकाबाहिरबाट गुनासो लिएर आउने सेवाग्राहीलाई हुन्छ भन्ने तर निकास नदिने स्वभावका महानिर्देशकको कार्यशैलीप्रति अर्थमन्त्री डा. प्रकाशशरण महत पनि सन्तुष्ट छैनन् ।

    तर आरजु देउवालगायतका शक्तिकेन्द्रको आशीर्वाद पाएका पौडेललाई निर्देशन दिनेबाहेक उनको विकल्प खोज्ने ताकत महतमा छैन । भन्सार प्रशासन सम्बन्धी कार्यमा अक्षम सावित भएका पौडेल केही महिनाभित्रै सचिव बढुवा हुने सूचीमा छन् ।

    यसअघि खानेपानी मन्त्रालयमा हुँदा पनि क्षमता देखाउन नसकेका, बिदा लिएर बिदेश भ्रमणमा जाने गरेका, कार्यालय र आयोजना प्रमुखसँग मासिक रुपमा हिस्सा मागेर बदनामी कमाएका पौडेललाई कारबाहीको गर्नुको साटो पुरस्कृत गरेर भन्सारको महानिर्देशक बनाएको हो ।

    उपमहानिर्देशक सेवन्तक पोखरेलको कठपुतलीका रुपमा रहेका पौडेल कर्मचारीको गुटबन्दीमै रमाउँदैआएका छन् । हाल विभागमा मूल्यांकनमा चित्त नबुझाएका सयौं निवेदन पुनरवलोकनको पर्खाईमा छन् । भन्सार प्रमुखहरुले मनमानी तबरले तजबिजी अधिकार प्रयोग गर्दा उद्योगी–ब्यवसायी मर्कामा परेका छन् ।

    उद्योगी–ब्यवसायीलाई प्रोत्साहन गरी राजस्व बृद्धि गर्नुपर्ने दायित्व बोकेका महानिर्देशक पौडेलले मनपरी मूल्यांकन गर्ने कार्यालय प्रमुखहरुको पृष्ठपोषक बन्दा ब्यापारीहरु निराश बन्न पुगेका छन् । भन्सार विभागकाले मनपरी मूल्यांकन गर्ने, राजस्व अनुसन्धान बिभागले दुःख दिने नियतले ट्रक नियन्त्रणमा लिनेदेखि ब्यापारीक फर्ममा छापा हान्ने क्रम बढ्दा बजारमा आतंक छाएको छ । उद्योगी ब्यापारीहरु पेशाबाटै पलायन हुने क्रम बढिरहेको छ ।

    तर सरकार भने उद्योगी ब्यवसायी आतंकित बनाउँदै आगामी २०८१ बैशाख पहिलो साता लगानी सम्मेलनको तयारी गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवको जागिर छाडेर राजस्व अनुसन्धान विभागको महानिर्देशक हुन पुगेका नवराज ढुंगाना राजस्व प्रशासनमा अनुभव नै नभएका कर्मचारी हुन् ।

    उनी उपसचिव हुँदासम्म अध्यागमन कार्यालय एयरपोर्ट र बैदेशिक रोजगार विभागमा बसी अकूत सम्पत्ति कमाएका कर्मचारीका रुपमा निजामती प्रशासनमा चिनिन्छन् । कास्कीको ढिकुरपोखरी घर भएको र माओवादीनिकट भएर लाभ लिनेमा ढुंगाना अग्रपंक्तिमा पर्दछन् ।

    गएको साउनमा ब्रेक सूभित्र ल्याइएको सुन बरामदको बिषयमा समेत उनका बारेमा अनेक प्रश्न उठ्न थालेका छन् । उक्त सुन प्रकरणमा ६० किलो बरामद भएकाे थियाे। सयौं किलो ल्याउने मूख्य नाइके दावाछिरिङलाई पक्राउ गरिए पनि उनका सहयोगी जीवन चलाउनेलाई पक्राउ नगरी उन्मुक्ति दिनुमा डीजी ढुंगानाकै भूमिका रहेको बिषयमा डिल्ली आचार्यको संयोजकत्वको सुन छानबिन समितिमा समेत सूचना पुगेको छ । यस बिषयमा ढुंगानासँग छानबिन समितिले बयान लिइसकेको छ ।

    महानिर्देशकका रुपमा विभागमा पुगेपछि राजस्व प्रशासनमा सुधार ल्याउने, राजस्व छली रोक्ने भन्दा पनि उद्योगी–ब्यापारीलाई दुःख दिएर कमाउधन्दामा उनी बढी केन्द्रित भएको आरोप उनिमाथि छ । बिभाग र मातहतका केही कर्मचारीसँग मिलेर डीजी ढुंगानाले कमाउधन्दा संचालन गर्ने गरेको आरोप छ ।

    विगतमा कार्यालय प्रमुख र महाशाखा प्रमुखहरुलाई आफूकोमा आएको सूचनाको प्रारम्भिक छानबिन गर्ने अधिकार भए पनि ढुंगानाले अहिले त्यो अधिकार सबैमा आफूमा केन्द्रित गरेका छन् ।

    कार्यालय प्रमुख र महाशाखा प्रमुखहरुले आफूकोमा आएका सूचना महानिर्देशकसमक्ष रिपोर्टिङ गरिसकेपछि उनको निर्देशनपछि मात्रै थप कारबाही अगाडि बढाउने परम्परा थालनी गर्दा सूचनाको भेरीफाई भइसक्दा तस्करहरुले आफ्नो प्रमाण लुकाइसक्ने गरेका छन् ।

    नेपाल प्रहरी वा सशस्त्र प्रहरीले भन्सारछलीका ट्रक बरामद गरी राजस्वमा बुझाए पनि विभागमा ल्याएर विनाकारबाही मोलतोलका आधारमा छाड्ने गरिएको छ । ढुंगानाले शाखा अधिकृत मानबहादुर विक र उपसचिव इश्वरी ढकाललाई मात्र बिश्वासमा लिएर छापा मार्ने, मोलतोल मिले छाड्ने गरेको आरोप छ ।

    विक अकूत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले मुद्दा चलाइएका र विशेष अदालतका तत्कालीन रजिष्टार अशोककुमार क्षेत्रीसँग सेटिङ गरी सफाइ पाएका कर्मचारी हुन् ।

    महानिर्देशक ढुंगानाले भने आफू स्टन्टबाजीको पक्षमा नभएको दाबी गरे । बेला बेलामा प्रहरीले सामान बरामद गरी स्टन्टबाजी गर्ने गरेको आरोप लगाए । उनले प्रहरीलाई सामान बरामद गर्ने अधिकार नै नभएको बताए ।

    तस्करी भएको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्न चुनौती समेत दिएका छन् । राजस्वछली र चुहावटका सूचना दिए पनि राजस्वले त्यो सूचना तस्कर ब्यापारीलाई नै चुहाएर आर्थिक लाभ लिने गरेकोबारेमा उनले भने–त्यस्तो कहाँ भएको छ प्रमाण ल्याउनुस् छानबिनका लागि तयार छौं ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार