Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • ५ महिनामै नेपालीले चपाए झण्डै २७ करोडको चुइगम

    ५ महिनामै नेपालीले चपाए झण्डै २७ करोडको चुइगम

    अनलाइन नेपाल
  • आइतबार, १५ पुष २०८०
  • 447
    SHARES

    काठमाडौं । चालू आर्थिक वर्षको ५ महिनामा नेपालले विदेशबाट २६ करोड ८२ लाख २९ हजार रुपैयाँको चुइगम आयात गरेको छ ।

    भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा उक्त मूल्यको चुइगम आयात भएको हो ।



    विभागले ७ लाख ४८ हजार किलोग्राम चुइगम भित्रिँदा २१ करोड ५७ लाख रुपैयाँ भन्सार राजश्व संकलन भएको जनाएको छ ।



    गत आर्थिक वर्षको यहि अवधिमा २५ करोड ९३ लाख रुपैयाँको चुइगम आयात भएको तथ्यांक छ ।

    यो चालू वर्षको तुलनामा कम हो । भारतबाट २५ करोड ८९ लाख रुपैयाँको चुइगम आयात भएको छ ।

    यस्तै, अमेरिकबाट ८२ लाख २६ हजार रुपैयाँको आयात भएको छ । यस्तै, यसबाहेक अन्य दर्जन देशबाट समेत नेपालमा चुइगम भित्रिने गरेको छ । तर, न्यूनमात्रामा मात्रै भित्रने गरेको तथ्यांक छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार