Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • दुई महिनाको अवधिमा आयात र निर्यात दुवैमा ह्रास, दुई खर्ब ३३ अर्ब व्यापार घाटा

    दुई महिनाको अवधिमा आयात र निर्यात दुवैमा ह्रास, दुई खर्ब ३३ अर्ब व्यापार घाटा

    अनलाइन नेपाल
  • आइतबार, ७ असोज २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । चालू आर्थिक वर्ष २०८०/०८१ को दोस्रो महिना भदौमा मात्रै व्यापार घाटा २ खर्ब ३३ अर्ब ३० करोड २८ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

    भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौ महिनामा २ खर्ब ३३ अर्ब व्यापार घाटा पुगेको हो ।त्यस्तै, चालू आर्थिक वर्ष २०८०/८१ को दुई महिनाको अवधिमा वस्तु आयातमा २ खर्ब ५९ अर्ब रुपैयाँ बाहिरिएको छ ।



    यद्यपि, यो गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिको तुलनामा ५.०६ प्रतिशतले कम हो । गत वर्षको साउन र भदौ महिनामा विदेशबाट २ खर्ब ७३ अर्ब रुपैयाँ बाहिरिएको थियो ।



    यस्तै, यस अवधिमा नेपालबाट २६ अर्ब ४४ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यो गत वर्षको यही अवधिको तुलनामा ७.७९ प्रतिशतले न्यून हो । गत वर्षको दुई महिनामा नेपालबाट २८ अर्ब ६८ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।

    आयात र निर्यात नै खुम्चिएसँगै व्यापार घाटा समेत ४.७४ प्रतिशतले खुम्चिएको छ । दुई महिनाको अवधिमा नेपालको व्यापार घाटा २ खर्ब ३३ अर्ब रुपैयाँ छ । गत वर्षको यही अवधिमा नेपालको व्यापार घाटा २ खर्ब ४४ अर्ब रुपैयाँ थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार