Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • भन्सार प्रतिनिधिद्वारा दुई दिनदेखि भन्सार विभागमा धर्ना

    भन्सार प्रतिनिधिद्वारा दुई दिनदेखि भन्सार विभागमा धर्ना

    अनलाइन नेपाल
  • सोमबार, ११ असार २०८०
  • 858
    SHARES

    काठमाडौं । भन्सार एजेन्ट प्रतिनिधि संघ नेपालले आइतबारदेखि त्रिपुरेश्वरस्थित भन्सार विभाग अगाडि धर्ना दिईरहेका छन् ।

    संशोधित भन्सार ऐन २०६४ र नियमावली ०६४ ले भन्सार प्रतिनिधिले काम गर्न गरेको व्यावस्था नै खारेज गरेको भन्दै संघले धर्ना दिएको हो ।



    देशभर कार्यरत ३०० भन्दा बढी भन्सार प्रतिनिधिहरु जेठ १५ गतेदेखि बेरोजगार भएको भन्दै भन्सार प्रतिनिधिले काम गर्न गरेको व्यवस्था कायम गर्न माग गरेका हुन् ।



    भन्सार प्रतिनिधिले पटकपटक भन्सार विभाग, अर्थ मन्त्रालयलाई ध्यानाकर्षण, ज्ञापनपत्र बुझाउँदा पनि केही सुनुवाइ नगर्दा बाध्य भएर आन्दोलनमा जानुपरेको बताएका छन् ।

    भन्सार प्रतिनिधिले काम गर्न गरेको व्यवस्था नै खारेज गरेर सरकारले ३०० जनालाई सडकमा ल्याएको उनीहरुको आरोप छ । मागहरु पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार