Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • आजदेखि हरेक आयातित सामानमा पैठारीकर्ता र वितरकको ‘लेबल’ अनिवार्य

    आजदेखि हरेक आयातित सामानमा पैठारीकर्ता र वितरकको ‘लेबल’ अनिवार्य

    अनलाइन नेपाल
  • सोमबार, १ साउन २०८०
  • 702
    SHARES

    काठमाडौं । आदेखि उपभोक्तासम्म आइपुग्ने हरेक आयातित वस्तुमा आयातकर्ता र बजार वितरकको ‘लेबल’ अनिवार्य राख्नुपर्ने भएको छ ।

    आर्थिक ऐन २०८० अनुसार पैठारी हुने तयारी मालवस्तु बजारमा बिक्री वितरणका लागि पठाउनु अघि त्यस्ता मालवस्तुको प्याकिङमा पैठारीकर्ता र बजार वितरकको पूरा विवरण भएको ‘लेबल’ लगाउनुपर्नेछ ।



    भन्सार विभागले आयातित मालसामानको ‘लेबल’को दुरुपयोग नहोस् भनेर आजदेखि देशभर यो नियम कार्यान्वयनमा ल्याएको बताईएको छ ।



    यदि कुनै आयातकर्ता र बजार वितरकले नियम उल्लङ्घन गरी मालसामान बिक्री वितरण गरेको पाइएमा अनुगमन निकायले सामान तत्काल जफत गर्ने कानुनी व्यवस्था गरिएको छ ।

    विदेशी मालसामानको आयात गर्ने आयातकर्ता, बजार वितरक, उद्योग वाणिज्य सङ्घ, स्थानीय तह, प्रशासनलगायत सरोकारवाला निकायलाई वाणिज्य विभागको नयाँ व्यवस्थासम्बन्धी जानकारी यसअघि नै गराइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार