Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सुन तस्करी प्रकरण : १८ जनाकै कल डिटेल्सका आधारमा दर्जनौं निगरानीमा

    सुन तस्करी प्रकरण : १८ जनाकै कल डिटेल्सका आधारमा दर्जनौं निगरानीमा

    अनलाइन नेपाल
  • बुधबार, १७ साउन २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । राजस्व अनुसन्धान विभागले अहिलेसम्मकै ठुलो मानिएको १ क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका मुख्य डिजाइनरमध्येका एक मानिएका चिनियाँ नागरिक दावा छिरिङमा मुख्य अनुसन्धान केन्द्रित गरेको छ ।

    दावासहित हालसम्म पक्राउ परेका १८ जनाकै कल डिटेल्स लिने काम सम्पन्न भएको र सोही आधारमा दर्जनौं व्यक्तिहरूलाई निगरानीमा राखेर थप अनुसन्धान अघि बढाइएको विभाग स्रोतले जानकारी दिएको छ ।



    दावाको कलडिटेल्सका आधारमा केही राजनीतिक नेतृत्वसमेत निगरानीमा परेको हुन सक्ने स्रोतको दाबी छ । सोही आधारमा केही राजनीतिक व्यक्तित्व तथा उच्च तहका व्यापारिक घरानासमेत तानिनसक्ने देखिएको छ ।



    विभाग स्रोतका अनुसार सुन तस्करीको मुख्य डिजाइनर मानिएका दावासँग सामान्य केरकार र सोधपुछ भइरहेको छ । उनीसँग विस्तृत बयान लिने काम भने बाँकी रहेको र छिटै बयान लिइने विभाग स्रोतले जानकारी दिएको छ ।

    दावाले प्रयोग गरेका सबै मोबाइलको कल डिटेल्स लिने काम गरिएको र सो आधारमा अन्य संकास्पद व्यक्तिलाई निगरानीमा राखिएको छ । यस्तै, दावाले प्रयोग गर्दै आएका सबै इलेक्ट्रिक डिभाइसहरू प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको छ ।

    विभागका अनुसार दावासहित पक्राउ परेका १८ जनाकै कलडिटेल्स लिने काम सम्पन्न भइसकेको छ । दावासहितका १८ जनासँग विभिन्न समयमा फोन सम्पर्क गर्ने दर्जनांै व्यक्तिहरू विभागको उच्च निगरानीमा परेका छन् ।

    यसरी निगरानीमा पर्नेमा केही राजनीतिक व्यक्तिहरू र व्यापापारिक घरानाहरू रहेको विभाग स्रोतले जानकारी दिएको छ । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार