Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • राजश्व अनुसन्धानमा सेटिङ, रातारात छाडियो तस्करीको ट्रक

    राजश्व अनुसन्धानमा सेटिङ, रातारात छाडियो तस्करीको ट्रक

    अनलाइन नेपाल
  • सोमबार, १५ असोज २०८०
  • 2.7K
    SHARES

    काठमाडौं । प्रधानमन्त्रीको प्रत्यक्ष मातहतमा रहेको राजश्व अनुसन्धान विभागमा खुलेआम सेटिङ हुन थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालका विश्वासपात्र रहेका महानिर्देशक नवराज ढुंगानाले विभागलाई असुली अखडा बनाएका छन् ।
    कतिसम्म भने तस्करीका सामान बोकेका ट्रक समेत रातारात छुट्न थालेका छन् ।

    गत साता धादिङमा समातिएको एक ट्रकलाई कारबाही बिना नै भोलिपल्टै छाडिएको छ । विभाग र सशस्त्र प्रहरीको टोलीले कञ्चनपुरबाट काठमाडौतर्फ आउँदै गरेको ना ६ ख ४८८९ नम्बर ट्रक ९ असोजमा नियन्त्रणमा लिएको थियो । धादिङबाट ललितपुरस्थित विभागको कार्यालय नपुग्दै ट्रक छाड्न सेटिङ सुरु भइरहेको थियो । कुरा मिलेपछि भोलिपल्टै महानिर्देशक ढुंगानाले ट्रक छाडेको विभागका एक अधिकारी बताउँछन् ।



    ‘यो त पछिल्लो उदारण मात्र हो,’ विभागका ती कर्मचारी भन्छन्,‘हरेक दिन जस्तो विभागमा यस्तो सेटिङ हुने गरेको छ ।’ महानिर्देशक ढुंगानाले आफ्नो गोप्य टिम बनाएर असुली धन्दा बढाएको स्रोत बताउँछ । पछिल्लो समय देशको राजश्वमा भारी गिरावट आइरहेका बेला राजश्व छलीको छानबिन गर्ने प्रमुख विभाग नै सेटिङमा व्यस्त भएपछि तस्करी झनै मौलाएको छ ।



    महानिर्देशक ढुंगाना विगतमा पनि अनेक विवादमा तानिएका विवादास्पद कर्मचारी हुन् । महालेखा नियन्त्रकको कार्यालयमा हुँदा लेखाका कर्मचारीको सरुवामा पैसा उठाएको आरोप उनलाई लागेको थियो । तत्कालिन अर्थमन्त्री जनार्दन शर्मासँग मिलेर उनले सरुवामा पैसा उठाएका थिए ।

    पछि शर्माले उनलाई वीरगञ्ज भन्सारको प्रमुखमा पठाए । प्रचण्ड प्रधानमन्त्री भएपछि वीरगञ्ज भन्सार छाडेर उनको निजी सचिव भएकोमा तीन महिनाअघि राजश्व अनुसन्धानमा गएका थिए । त्यहाँ उनले एउटै ठूलो मुद्दा दायर गर्न सकेका छैनन् । अनेक मुद्दामा बार्गेनिङ हुन थालेको स्रोत बताउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार