Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसिया कप सुपर-४ : भारतमाथि श्रीलंकाले रोमाञ्चक जित

काठमाडौं । एसिया कप टी-२० क्रिकेटमा भारतमाथि श्रीलंकाले रोमाञ्चक जित हात पारेको छ।

सुपर फोरको खेलमा लगातार दोस्रो जित निकाल्ने क्रममा श्रीलंकाले भारतलाई ६ विकेटले हरायो। भारतको भने यो लगातार दोस्रो हार हो। यसअघि सुपर फोरको पहिलो खेलमा भारतलाई पाकिस्तानले हराएको थियो ।

सुपर चारमा लगातार दुई जितसँगै श्रीलंका फाइनल नजिक पुगेको छ । भारतको फाइनल पुग्ने सम्भावना झिनो छ । जितका लागि १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभर ५ बलमा ४ विकेट गुमाउँदै भेट्टायो ।

श्रीलंकाको जितमा ओपनर कुशल मेन्डिसले ५७ रनमा बनाए । त्यस्तै पाथुम निसंका ५२ रनमा आउट भए । भारतका युजभेन्द्र चहलले ३ विकेट र रविचन्द्रन आश्विनले एक विकेट लिए । त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको थियो । भारतका कप्तान रोहित शर्माले सर्वाधिक ७२ रन जोडे ।

श्रीलंकामा तीव्र बलर दिलशान मदुशनकाले ३ विकेट लिए । त्यस्तै चामिका करुणारत्ने र दासुन शनकाले २र२ विकेट लिए । आज अफगानिस्तान र पाकिस्तान खेल्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077