Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यमनमा अल–कायदा लडाकु र सेनाबीच गोली हानाहान, १६ जनाको मृत्यु

एजेन्सी । दक्षिणपश्चिम यमनको अब्यान प्रान्तमा मङ्गलबार भएको गोली हानाहानमा १० सरकार समर्थक सैनिक र छ जना आतङ्कारीको मृत्यु भएको छ ।

अहवारको तटीय जिल्लामा थुप्रै सशस्त्र अल–कायदा बन्दुकधारीहरूले भर्खरै भर्ना गरिएका सुरक्षा बेल्ट बलहरूले नियन्त्रणमा राखेको सुरक्षा चौकीमा आक्रमण गरेपछि ठूलो झडप भएको हो ।

उक्त घटनामा अन्य थुप्रै सैनिकहरू पनि घाइते भएको हुनसक्ने अनुमान गरिएको छ ।

स्रोतका अनुसार आक्रमणको करिब एक घण्टापछि स्थानीय सुरक्षा फौजले उक्त क्षेत्रमा आतङ्कारीहरूलाई नष्ट गर्न क्लियरेन्स अपरेशन सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077