Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • गृह मन्त्रालयले गर्‍यो दर्जन बढी जिल्लामा सिडिओ हेरफेर, को कहाँ पुगे ? [सूचीसहित]

    गृह मन्त्रालयले गर्‍यो दर्जन बढी जिल्लामा सिडिओ हेरफेर, को कहाँ पुगे ? [सूचीसहित]

    अनलाइन नेपाल
  • बुधबार, २२ भाद्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । सरकारले काठमाडौं उपत्यकासहित एक दर्जन जिल्लाका सिडिओ हेरफेर गरेको छ । निर्वाचन आचारसंहिता लागू भएपनि उपत्यकासहित महत्त्वपूर्ण जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरिएको हो ।

    ललितपुरमा सीडीओ रहेका घनश्याम उपाध्यायलाई काठमाडौंको सिडिओ बनाइएको छ भने काठमाडौँका सिडिओ गोविन्द रिजाललाई गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा तानिएको छ ।



    कास्कीमा सिडिओ रहेका जयनारायण आचार्यलाई ललितपुरमा ल्याइएको छ । यसैगरी, कास्कीको सिडिओमा गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई पठाइएको छ । जुम्लाकी सिडिओ विजया प्रसाईँ पनि मन्त्रालयमा तानिएकी छन् भने जुम्लामा मुकेशकुमार केसरीलाई पठाइएका छन् ।



    यसैगरी, संखुवाभाका सिडिओ नुरहरी खतिवडालाई सप्तरीको सिडिओ बनाइएको छ भने सप्तरीका सिडिओ जनार्दन गौतमलाई उदयपुर र उदयपुरमा सिडिओ रहेका वीरेन्द्र यादवलाई संखुवासभा सरुवा गरिएको छ ।

    यस्तै, दैलेखमा गोगनबहादुर हमाललाई पठाइएको छ भने दैलेखमा रहेका हरि प्याकुरेललाई बाँकेको सहायक सिडिओ बनाएर पठाइएको छ ।

    बाँकेका सहायक सिडिओ टोपेन्द्र केसीलाई बाराको सिमरा इलाका प्रशासन कार्यालयमा सरुवा गरिएको छ भने पाँचथरमा सिडिओ रहेका सुरेश न्यौपानेलाई गृहमन्त्रालय तानेर गणेश गैरेलाई पाँचथरको सिडिओ बनाइएको छ ।

    निर्वाचन आयोगले आगामी चुनावका लागि आचारसंहिता लागू भईसकेको भन्दै नयाँ नियुक्ति, बढुवा र सरुवा नगर्न भनेको थियो । तर गृहले सिडिओ सरुवा गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार