Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • निर्वाचनमा सुरक्षा लापरवाही गरेको भन्दै बाजुराका सिडिओसहित सुरक्षा अधिकारी फेरिए

    निर्वाचनमा सुरक्षा लापरवाही गरेको भन्दै बाजुराका सिडिओसहित सुरक्षा अधिकारी फेरिए

    अनलाइन नेपाल
  • सोमबार, १६ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    बाजुरा । बाजुरामा प्रमुख जिल्ला अधिकारीसहित नेपाली प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरु फेरिएका छन् । बुढीगंगा नगरपालिकामा स्थानीय तहको निर्वाचनका क्रममा गम्भीर सुरक्षा लापरवाही गरेको भन्दै सिडिओसहित सुरक्षा अधिकारीहरु फेरिएको हो ।

    यसअघि निर्वाचन आयोगले कार्यरत प्रजिअसहित सुरक्षा अधिकारीहरुलाई जिम्मेवारीबाट हटाउन निर्देशन दिएको थियो। सोही निर्देशन बमोजिम आइतबार नयाँ प्रमुख बाजुरा पुगेका छन् ।



    अहिले बाजुरामा प्रमुख जिल्ला अधिकारीका रुपमा प्रकाशचन्द्र अधिकारी आएका छन् । उनी अध्यागमन विभागमा कार्यरत थिए। यस्तै जिल्ला प्रहरी कार्यालय प्रमुखमा प्रहरी नायव उपरीक्षक (डिएसपी) सूर्य थापा आएका छन्। उनी नेपालगञ्ज तालिम केन्द्रमा कार्यरत थिए ।



    यस्तै सशस्त्र प्रहरी प्रमुख डिएसपीमा टीकापुर तालिम केन्द्रमा कार्यरत गंगा पन्तलाई बाजुरा पठाइएको छ। उनीहरु तीनै जनालाई आइतबार सेनाको हेलिकप्टरबाट सदरमुकाम मार्तडी पुर्‍याएको थियो ।

    यसअघि कार्यरत प्रजिअ उपेन्द्रराज पौड्याल, प्रहरी प्रमुख डिएसपी चतुर्भूज ओझा र सशस्त्रका प्रमुख डिएसपी दिपक बिष्ट आइतबार नै जिल्लाबाट बाहिरिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार