Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बहुविवाह आरोपित गाउँपालिका अध्यक्ष राईविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । बहुविवाहको आरोप लागेका भोजपुरको साल्पासिलिछो गाउँपालिकाका पूर्वअध्यक्ष महेश राईविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । महानगरीय प्रहरी वृत्त बौद्धले भदौ १३ गते उजुरी दर्ता गरेपछि जिल्ला अदालत काठमाडौंले सोमबार आरोपितविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

११ दिनको फरकमा दुई विवाह गरेको प्रमाण फेला परेपछि महेशविरुद्ध पत्नी हिमालय राईले महानगरीय प्रहरी वृत्त बौद्धमा भदौ १३ गते बहुविवाहविरुद्धको उजुरी दर्ता गरेकी थिइन्। पक्राउ पुर्जी जारी भइसकेकाले तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न पीडित पक्षको माग छ ।

हृदयाघातका कारण ०७८ जेठ अन्तिम साता महेशकी जेठी पत्नीको निधन भएको थियो । त्यसपछि भोजपुरको साविक खार्ताम्छा गाविस पुर्ख्यौली घर भई ललितपुरको सुनाकोठी बस्दै आएकी ३९ वर्षीया हिमालयलाई ०७८ मंसिर १३ गते परम्पराअनुसार विवाह गरी उनले कुमारीगलस्थित घर भित्र्याएका थिए । हृदयाघातका कारण ०७८ जेठ अन्तिम साता महेशकी जेठी पत्नीको निधन भएको थियो ।

त्यसपछि भोजपुरको साविक खार्ताम्छा गाविस पुर्ख्यौली घर भई ललितपुरको सुनाकोठी बस्दै आएकी ३९ वर्षीया हिमालयलाई ०७८ मंसिर १३ गते परम्पराअनुसार विवाह गरी उनले कुमारीगलस्थित घर भित्र्याएका थिए । कामको सिलसिलामा गृह जिल्ला जान्छु भनी माघमा भोजपुर गएका महेश अचानक सम्पर्कविहीन भए ।

कामविशेषले हिमालय फागुन १६ गते घरबाहिर गएकी थिइन् । बेलुकी फर्कंदा अपरिचित महिला भित्रबाट निस्किई आफू महेशकी श्रीमती भएको दाबी गर्दै उनलाई गेटबाटै छिर्न दिइनन् । घटनाको भोलिपल्ट उनी सुरक्षा तथा न्यायको माग गर्दै कालीमाटी महिला सेलमा निवेदन दिन पुगिन् ।

अनुसन्धानका क्रममा उपस्थित भएकी श्रीमती दाबी गर्ने ती महिलाले महेशले मंसिर २ गते (हिमालयसँग विवाह गर्नुभन्दा ११ दिनअघि) नै आफूसँग विवाह गरेको प्रमाण पेस गरिन् ।

साल्पासिलिछो गाउँपालिकाकै वडा नं. २ बाट विवाह दर्ता प्रमाणपत्र जारी भएको छ । जबकि महेश र उनी २ गते भोजपुरकै पौवादुङ्मा गाउँपालिका र अरुण गाउँपालिकामा पार्टीको कार्यक्रममा सहभागी थिए । ‘

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077