Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सन्दीप लामिछानेलाई पक्राउ गर्न अदालतबाट अनुमति माग्दै प्रहरी

काठमाडौं । बालिकालाई बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टीमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न अदालतसँग अनुमति माग्ने तयारी प्रहरीले गरेको छ ।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा मंगलबार उनीविरूद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दर्ता भएकाले पक्राउ गर्ने अनुमति माग्न प्रहरी अदालत जाने भएको हो।

कानुनी प्रक्रिया पुर्‍याएर प्रहरीले सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पीडितले बसेको भनेको नगरकोटको होटल र काठमाडौंको गौशालास्थित काठमाडौं इन होटलको सीसीटीभी फुटेजको अनुसन्धान प्रहरीले गरिरहेको छ ।

लामिछानेले पीडित नाबालिगलाई भदौ ५ गते काठमाडौंको एक होटलको कोठा नम्बर ३०५ मा पुर्‍याएर बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077