Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इन्द्रजात्रामा देश- विदेशका नगर प्रमुखलाई जात्रा अवलोकनका लागि निम्तो

काठमाडौँ । काठमाडौं महानगरपालिकाले भगिनी सम्बन्ध भएका देश-विदेशका नगर प्रमुखहरूलाई ईन्द्रजात्रा हेर्न निम्तो दिइएको जनाएको छ ।

बिहीबार बसन्तपुरमा पत्रकार सम्मेलन गर्दै महानगरले यस वर्ष जात्रा अवलोकन गर्न दक्षिण एसियाली मुलुकका राजधानी सहरबाट प्रमुख तथा उपप्रमुखहरू तथा भगिनी सम्बन्ध भएका चीन र अमेरिकाका १८ वटा नगरपालिकालाई महानगरले निम्तो गरेको जनाएको छ ।

इन्द्रजात्राको अवलोकनमा आउने पाहुनाको व्यवस्थापन र स्वागतमा महानगरले कुनै कमी हुन नदिने उपमेयर सुनिता डङ्गोलले बताइन् । नेपालका सबै महानगरका प्रमुख र उपप्रमुख तथा काठमाडौ उपत्यकाका सबै नगरपालिकाका प्रमुख र उपप्रमुखलाई निमन्त्रणा गरिसके उनको भनाइ छ ।

देशभित्रका ५ वटा नगरसँगै महानगरको १८ वटा अन्तर्राष्ट्रिय नगरहरूसँग महानगरको भगिनी सम्बन्ध छ ।

२०७६ सालमा भगिनी सम्बन्ध भएका नगरबाट पाहुना बोलाउन थालिएको हो। यो सुरुआत तत्कालीन नगरप्रमुख, उपप्रमुखसहित योजनामा सहभागी सबैलाइ मेयर बालेनले धन्यवाद दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077