Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कक्षा १२ को नतिजापछि एनओसी लिनेको संख्या बढ्यो

काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक भएपछि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिने विद्यार्थीको संख्या बढेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा गत शुक्रबार सार्वजनिक गरेको थियो । त्यसयता मात्रै दुई हजार बढी विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) जारी भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाले जनाएको छ ।

शुक्रबारदेखि यता दुई हजार १०३ एनओसी जारी भएको छ । शुक्रबार ३२३, आइतबार ५७६, सोमबार ६२५, मंगलबार ५७९ जारी भएको शाखाले जनाएको छ ।

विद्यार्थीहरुले सबैभन्दा बढी जापान त्यसपछि अस्ट्रेलिया, युके, अमेरिका, कोरियालगायत देशका लागि एनओसी लिइरहेको शाखा प्रमुख वस्तीले जानकारी दिए । अहिले १०४ देशका लागि विद्यार्थीहरुले एनओसी लिइरहेको शाखाले जनाएको छ ।

कागजात पुगेको खण्डमा आवेदन दिएको ४८ घण्टाभित्र आवेदकले एनओसी प्राप्त गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077