Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीन र रूसका राष्ट्रपति आगामी साता भेट्दै

एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङ र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी साता उज्वेकिस्तानमा भेट हुने भएको छ ।

उज्वेकिस्तानको सामरकन्दमा यही भदौ ३० र ३१ गते आयोजना हुने साङ्घाइ सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा दुवै नेताबीच भेटवार्ता हुन लागेको हो ।

चीनका लागि रूसका राजदूत एन्ड्रे डेनिसोभले राष्ट्रपतिद्वयबीचको भेटवार्तालाई पुष्टि गर्दै नेताद्वयबीचको पूर्ण बैठक र त्यसको कार्यसूचीमा गम्भीर ढङ्गले काम भइरहेको बताएका छन् ।

उनले रूसी र चिनियाँ राष्ट्रपतिबीच द्विपक्षीय एवम् अन्तर्राष्ट्रिय चासोका विषयमा विचारविमर्श हुने बताए ।

युक्रेनमा सैन्य आक्रमण सुरु गरेपछि पश्चिमा राष्ट्रले रूसमाथि कडा प्रतिबन्ध लगाएका बेला मस्कोले एशियाली देशहरू, विशेष गरी चीनसँग सम्बन्ध सुदृढ गर्न खोजेको छ ।

यसअघि राष्ट्रपति पुटिन र सीबीच गत माघमा बेइजिङमा शीतकालीन ओलम्पिक खेलकुदका बेला भेटवार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077