Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बसन्त अधिकारीले सम्हाले काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

काठमाडौं । सहसचिव बसन्त अधिकारीले काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् ।

सहसचिव अधिकारीले बुधबारदेखि काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पदबहाली गरेका हुन् ।भदौ १६ गतेको मन्त्रीस्तरीय निर्णयबाट अधिकारी महानगरको प्रमुख प्रशाककीय अधिकृतमा नियुक्त भएका थिए ।

पदवहाली भएसँगै उनले प्रशासनको अभिभावकका रुपमा काम गर्ने बताए । ‘नीतिमा प्रमुख, उपप्रमुख, कार्यपालिका र नगरसभाको अभिभावकत्व रहन्छ । म प्रशासनको अभिभावकत्व गर्छु । कार्य सम्पादन सम्झौता गरेर अधिकार प्रत्यायोजन गर्छु र विभागको प्रगति मूल्याङ्कन गर्छु ।’

प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने, ‘वडा सशक्त हुनुपर्छ । वडाले गर्ने ८८ वटा काम छन् । तीमध्ये ३५ प्रकारका शिफारिस र अन्य प्रकारका सेवा प्रवाह गर्नुपर्छ । महानगरसँग अहिले धेरैको अपेक्षा छ । त्यसका लागि वडालाई क्षमतावान बनाउनमा मेरो ध्यान हुनेछ ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अधिकारीलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरूवा गरेको हो ।करिब साढे दुई वर्षदेखि उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रवक्ता थिए ।

यसअघि काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत रहेका लोकनाथ पौड्याललाई संघीय मन्त्रालयमा सरूवा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077