Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

निरक्षर नेपालीलाई साक्षर बनाउनु आजको मुख्य दायित्व हो : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै निरक्षर नेपालीलाई साक्षर बनाउनु आजको मुख्य दायित्व भएको बताएका छन् ।

५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा सम्पूर्ण नेपाली विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाकर्मीलगायत सबैमा बधाई तथा शुभकामना व्यक्त गर्दै उनले अन्तर्राष्ट्रियस्तरमा गरेको शिक्षासम्बन्धी लक्ष्यलाई हासिल गर्न साक्षर नेपाल अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने उल्लेख गरे ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष सेप्टेम्बर ८ लाई अन्तर्राष्ट्रिय साक्षरता दिवसका रूपमा मनाइँदै आइएको छ । यस वर्ष यो दिवस साक्षरता सिकाइको क्षेत्रमा रुपान्तरण भन्ने नाराका साथ मनाउन लागिएको छ ।

साक्षर नेपाल अभियानलाई प्रभावकारी तवरले सञ्चालन गरी मुलुकका सबै जिल्लालाई जतिसक्दो चाँडो साक्षर घोषणा गर्न सबैको सहकार्य, सहयोग समन्वयात्मक प्रयास आवश्यक रहेको देउवाले उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले सरकार निजी क्षेत्र, सामाजिक सङ्घ संस्थाको विभिन्न प्रयासको बाबजुद अझै एकतिहाइ जनता निरक्षर अवस्थामा रहनुले हामीले आगामी दिनमा साक्षरता अभियानलाई अझै प्रभावकारीरूपमा निरन्तर अघि बढाउनुपर्ने खाँचो रहेको औँल्याए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077