Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसिया कप सुपर–४ : अफगानिस्तानमाथि पाकिस्तानको रोमाञ्चक जित, भारत बाहिरियो

एजेन्सी । एसिया कप सुपर फोरको खेलमा पाकिस्तानले अफगानिस्तानमाथि रोमाञ्चक जित निकालेको छ ।

गएराति युएईस्थित शारजाह क्रिकेट मैदानमा सम्पन्न खेलमा पाकिस्तानले अफगानिस्तानमाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै फाइनल समीकरण पूरा भएको हो ।

यस नतिजापछि अफगानिस्तानसँगै भारत पनि प्रतियोगिताबाट बाहिरिएको छ । जितका लागि १ सय ३० रनको लक्ष्य पाएको पाकिस्तानले १९.२ ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रन बनाएको हो । पाकिस्तानका लागि नसिम शाहले ४ बलमा १४ रन बनाए ।

उनले अन्तिम दुई बलमा दुई छक्का प्रहार गरेका थिए । पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेटको क्षतिमा १ सय २९ रन बनाएको थियो । त्यसमा इब्राहिम जार्डनले सर्वाधिक ३५ रन बनाए । अब फाइनल पाकिस्तान र श्रीलंकाबीच हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077