Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एक व्यक्तिका कारण समग्र क्रिकेटमा बाधा पर्नु हुँदैन : चतुरबहादुर चन्द

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले कुनै एक व्यक्तिका कारण समग्र क्रिकेटमा असर पर्न दिन नहुने बताएका छन्।

बिहीबार किर्तिपुरस्थित टियु मैदानमा नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै चन्दले यस्तो बताएका हुन् ।

क्रिकेट सामूहिक खेल भएकाले कुनै व्यक्तिमा पर्ने घटना परिघटनाले क्रिकेटमा बाधा पर्न नहुने बताए।

नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथि एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो।

त्यस्तै चन्दले क्रिकेट पूर्वाधारको विकासका लागि सरकारले धेरै सहयोग गरेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077