Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपाली चलचित्र क्षेत्रलाई हतोत्साही गर्न खोजिएको भन्दै निर्देशक समाजको आपत्ति

काठमाडौं । नयाँ नेपाली चलचित्रलाई रिलिजको अघिल्लो दिनसम्म पनि शो उपलब्ध नगराएको भन्दै चलचित्र निर्देशक समाजले आपत्ति जनाएको छ ।

शुक्रबार (भोलि)बाट प्रदर्शनमा आउन लागेका दुई नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा बिनिथ द ब्रेभरी’लाई मल्टिप्लेक्सले शुक्रबार अबेरसम्म पनि शो बाँडफाँट र आग्रिम बुकिङको सुविधा प्रदान नगरेपछि समाजले सेन्सर भइसकेका सिनेमालाई शो दिन र बुकिङ खोल्न हल सञ्चालकसँग आग्रह गरेको हो ।

“समयमा नै आफ्नो सामानको बिक्री मूल्य तय गरी अग्रिम सामान बेच्न पाउने अधिकार ससारभरी नै प्रचलनमा छ । सोही अनुरूप नेपालमा पनि चलचित्र निर्माताहरूले केही वर्षदेखि सिनेमा घरहरूमार्फत २÷३ दिन अगाडिदेखि नै आफ्नो प्रचारप्रसार गरी चलचित्रको टिकट बुकिङ खुला गर्ने र बिक्री गर्ने गरिएको सर्वविधितै छ,” समाजले आज विज्ञप्ति जारी गर्दै भनेको छ, “नेपाली चलचित्रमाथि विदेशी फिल्मले दबाबमा राख्ने यस्तो प्रवृत्तिको हामी घोर भर्त्सना गर्छौं ।”

समाजले चलचित्र विकास बोर्डलाई पनि नेपाली चलचित्र क्षेत्रलाई नै हतोत्साही पार्ने गैरजिम्मेवारीपूर्ण कार्यहरूलाई बन्देज लगाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077