Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पशुपतिको बजेट ९६ करोड ८४ लाख, मृगस्थली क्षेत्रमा शतबीज मार्ग बनाइने

    पशुपतिको बजेट ९६ करोड ८४ लाख, मृगस्थली क्षेत्रमा शतबीज मार्ग बनाइने

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 687
    SHARES

    काठमाडौं । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले आर्थिक वर्ष २०७९/८० को लागि प्रस्तुत कार्यक्रम र बजेट पारित गरेको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा परिषद्का अध्यक्ष एवम् पर्यटनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको वैठकमा कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले ९६ करोड ८४ लाख ४७ हजार रुपैँया बजेट प्रस्तुत गरेका थिए ।



    बजेटमा मृगस्थली क्षेत्रमा शतबीज मार्ग निर्माणलाई प्राथमिकता दिइएको छ । पशुपति क्षेत्रमा बालाचतुर्दशीको अवसरमा शतबीज छर्न बाला चतुर्दशी मेला लाग्ने गरेको छ । शतबीज मार्ग निर्माण तथा व्यवस्थापन गरी सो क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्रका रूपमा विकास गर्न लागिएको मन्त्री श्रेष्ठले बताए ।



    कोषको नीति, कार्यक्रम र बजेटमा फोहर व्यवस्थापन एवं सरसफाइको व्यवस्था, खानेपानी र स्नान गर्ने पानीको व्यवस्थापन, आर्यघाट व्यवस्थापन तथा मलामी बस्ने स्थानको व्यवस्था, पार्किङ क्षेत्र व्यवस्थापनलाई प्राथमिकता दिइएको छ ।

    पशुपति क्षेत्र विकास कोषका लागि चालु आर्थिक वर्षमा नेपाल सरकारबाट विभिन्न २६ वटा पुँजीगत कार्यक्रम सञ्चालन गर्न २४ करोड बजेट विनियोजन भएको तथा कोषको आन्तरिक स्रोतबाट कोष कार्यालय, पशुपति मन्दिर र घाट सेवाका लागि २० करोड ७० लाख पुँजीगत खर्चको लागि बजेट व्यवस्थापन गरिएको कोषाध्यक्ष सुवेदीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार