Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सोमबार देशभरका फिल्म हल बन्द गर्ने चलचित्र संघको घोषणा

काठमाडौं । नेपाल चलचित्र संघले सोमबार देशभरका सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको संघको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको महासचिव नरेन्द्र महर्जनले जानकारी दिए ।

सांकेतिक विरोधस्वरुप हल बन्द गर्ने निर्णय गरिएको जनाइएको छ । चलचित्र निर्माता संघले शुक्रबार मात्रै फिल्म प्रदर्शन गर्ने निर्णय गरेपछि चलचित्र संघले यस्तो निर्णय गरेको हो । कार्यसमिति बैठकले चरणबद्ध आन्दोलनका कार्यक्रम पनि घोषणा गरेको छ ।

शुक्रबारदेखि प्रदर्शनमा आउन लागेका नेपाली फिल्मको शो टाइम र बुकिङ बिहीबार दिउँसोसम्म सार्वजनिक नगरेपछि फिल्मकर्मी प्रदर्शकप्रति असन्तुष्ट भएका थिए।

प्रदर्शकहरूले आफूहरूलाई भारतीय फिल्मको मतियार जसरी व्यवहार गरेकोमा आपत्ति जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077