Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

महिला सहकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा डा. पुकारविरुद्ध उजुरी

काठमाडौं । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठविरुद्ध उजुरी परेको छ । अस्पतालमै काम गर्ने एक महिला चिकित्सकले उनीविरुद्ध उजुरी हालेकी हुन् ।

उनले आफूलाई कार्यक्षेत्रमा दुर्व्यवहार गरेको, चरित्रहत्या गरेको, मानसिक यातना दिएको भन्दै ४ वटा निकायमा उजुरी दिएकी छन् ।

अस्पतालको बोर्डको सँगै नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघ र महानगरीय प्रहरी वृत्त भक्तपुरको महिला सेलमा पनि उनले उजुरी गरेकी छन् ।

अस्पतालको कामकाजका क्रममा पटकपटक दुर्व्यवहार गरेको भन्दै एक सहकर्मी महिला चिकित्सकले नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएको काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले बताए । उनले मेडिकल काउन्सिलमा उजुरी परेको र छानबिन भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077