Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राष्ट्रपति भण्डारीद्वारा चार राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चार देशका लागि राजदूत नियुक्त गरेकी छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को सिफारिसमा म्यानमारका लागि हरिचन्द्र घिमिरे, मलेसियाका लागि नेपालको आवासीय राजदूतमा डिल्लीराज पौडेललाई नियुक्त गरिएको जानकारी दिए ।

यसैगरी, संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत ज्ञानचन्द्र आचार्यलाई माल्टाका लागि र संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत प्रा. श्रीधर खत्रीलाई कोस्टारिकाका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएको छ ।

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम चार राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077