Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रपति भण्डारीद्वारा चार राजदूत नियुक्त

    राष्ट्रपति भण्डारीद्वारा चार राजदूत नियुक्त

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 852
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चार देशका लागि राजदूत नियुक्त गरेकी छन् ।

    राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को सिफारिसमा म्यानमारका लागि हरिचन्द्र घिमिरे, मलेसियाका लागि नेपालको आवासीय राजदूतमा डिल्लीराज पौडेललाई नियुक्त गरिएको जानकारी दिए ।



    यसैगरी, संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत ज्ञानचन्द्र आचार्यलाई माल्टाका लागि र संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत प्रा. श्रीधर खत्रीलाई कोस्टारिकाका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएको छ ।



    नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम चार राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार