Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अदालत परिसरबाटै सुन चोरीका अभियुक्त फरार

दाङ । जिल्ला अदालत दाङबाट प्रहरीले म्याद थप गर्न लागेका एकजना बन्दी फरार छन ।

घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा बिहीबार ५ बजेतिर जिल्ला अदालत परिसरबाटै भागेका हुन् । विश्वकर्मा सुन चोरी अभियोगमा बुधबार पक्राउ परेका थिए ।

विश्वकर्मालाई न्यायाधिशसमक्ष पेश गर्ने क्रममा शौचालय गएका थिए। त्यही क्रममा उनी शौचालयको झ्यालबाट भागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन गौतले जानकारी दिए ।

लामो समयसम्म शौचालयको ढोका नखुलेपछि ढोका खोलेर हेर्दा उनी त्यहाँ फेला नपरेको उनले बताए । विश्वकर्मा शौचालयको झ्यालबाट निस्किएर अदालतको पर्खाल नाघेर भागेका हुन् ।

उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077