Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अफगानिस्तानविरुद्ध विराट कोहलीले प्रहार गरे शतक

काठमाडौं । भारतीय ब्याट्सम्यान विराट कोहलीले आफ्नो करिअरको ७१औं अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन् ।

एसिया कप क्रिकेट अन्तर्गत सुपर चारको भारतको अन्तिम खेलमा अफगानिस्तान विरुद्धको दुबईमा उनले शतक प्रहार गरेका हुन् । उनलाई ७१औं शतक प्रहार गर्न लगभग तीन वर्ष कुर्नपर्‍यो ।

नोभेम्बर २०१९ पछि कोहलीले शतक प्रहार गरेका हुन्। यसअघि एकदिवसीय र टेस्टमा शतक हिर्काएका कोलहीको यो पहिलो टी-२० अन्तर्राष्ट्रिय शतक हो। रोहित शर्मालाई आराम दिएपछि कोहलीले केएल राहुलसँग ओपनिङ गरेका थिए ।

कोहलीले टी-२० मा ३२ अर्धशतक प्रहार गरे पनि पहिलो पटक शतक हिर्काउन सफल भए । उनले ५३ बलमा शतक पूरा गरेका थिए । ‍

कोहली ६१ बलमा १२२ रन बनाउँदै अविजित रहे । भारतले पहिले ब्याटिङ गर्दै अफगानिस्तानलाई २ विकेटको क्षतिमा २१२ रनको लक्ष्य दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077