Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सन्दीप लामिछाने भन्छन् - सबै आरोपहरू आधारहीन हुन्, म निर्दोष ठहरिने छु

काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले क्यारेबियन क्रिकेट लिग (सीपीएल) बाट बिदा लिएर छिट्टै नेपाल फर्कने बताएका छन् ।

शुक्रवार बिहान सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै उनले आफू निर्दोष रहेको समेत बताएका छन् । आफूले नेपालको कानूनमा पूर्ण विश्वास लिएको उनको भनाई छ ।

उनले सबै आरोपहरू आधारहीन रहेको र आफू त्यसको सामना गर्न तयार रहेको बताए । नेपाल प्रहरीले उनीविरुद्ध बिहीवार पक्राउ पुर्जी जारी गरेको छ ।

पक्राउ पुर्जी जारी हुने बित्तिकै नेपाल क्रिकेट संघले पनि उनलाई नेपाली क्रिकेट राष्ट्रिय टिमको कप्तानबाट निलम्बनमा राखेको छ ।

गत मंगलबार १७ वर्षीया एक नाबालिग किशोरीले लामिछानेविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077