Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जमैका तलवाजले पनि सन्दिप लामिछानेलाई टीमबाट हटायो

काठमाडौं ।नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलेलाई क्यारेबियन प्रिमियर लिग क्लब जमैका तलवाजले टोलीबाट हटाएको छ ।

सन्दिपविरुद्ध नेपालमा पक्राउ पूर्जी जारी भएपछि टोलीले उनलाई हटाएको हो । क्यारेबियन प्रिमियर लिग (सिपिएल) ले बिहिबार एक विज्ञप्ति जारी गर्दै सन्दिप लामिछाने अब जारी सीजनको सिपिएलका कुनै पनि खेलमा सहभागी नहुने स्पष्ट पारेको छ ।

जमैका तलवाजले शनिबार ट्रिनबागो नाइट राइडर्स विरुद्धको खेलका लागि तयार पारेको सूचीमा सन्दिपको नाम नराखेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । क्लबले सम्झौता खारेज गरेपछि अब सन्दिपले तत्काल जमैका छाड्नुपर्ने पनि विज्ञप्तिमा भनिएको छ ।

नेपाल प्रहरीले उनीविरुद्ध बिहीवार पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पुर्जी जारी हुने बित्तिकै नेपाल क्रिकेट संघले पनि उनलाई नेपाली क्रिकेट राष्ट्रिय टिमको कप्तानबाट निलम्बनमा राखेको छ ।

गत मंगलबार १७ वर्षीया एक नाबालिग किशोरीले लामिछानेविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077