Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रधानमन्त्री पद आफ्नो प्राथमिकतामा छैन : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पद आफ्नो प्राथमिकतामा नरहेको बताएका छन् ।

पोखरा पुगेका प्रचण्डले सञ्चारकर्मीहरुसँग कुरा गर्दै गठबन्धनमा सिट बाँडफाँटमा ठूलो असहमति नरहेको भन्दै आज भोलि नै शीर्ष नेताहरुको बैठकले सहमति जुटाउने बताएका हुन् ।

गठबन्धनमा निर्वाचनपछि प्रधानमन्त्री को भन्ने विषयमा विवाद हुँदा सहमति नजुटेको भन्ने आरोपमा सत्यता नरहेको प्रचण्डको भनाइ थियो । आफू प्रधानमन्त्रीको दौडमा नरहेको र निर्वाचनपछि मत परिणामको आधारमा प्रधानमन्त्रीको टुंगो लाग्ने प्रचण्डले बताए ।

प्रचण्डले विभिन्न जिल्लाबाट निर्वाचन लड्न प्रस्ताव गरिए पनि आफू चितवनबाटै निर्वाचन लड्ने बताए ।

चितवनका जनताको चेतना र भरोसाका कारण त्यहीबाट निर्वाचन जित्नेमा आफू पूर्ण विश्वस्त रहेको प्रचण्डले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077